भारतमा आज राष्ट्रपतीय चुनाव, आउँदो बिहीवार मत परिणाम सार्वजनिक हुने

भारतमा आज राष्ट्रपतीय चुनाव, आउँदो बिहीवार मत परिणाम सार्वजनिक हुने

भारतमा आज राष्ट्रपतीय चुनाव हुँदैछ ।

नयाँ राष्ट्रपति चुन्न संसद् र विभिन्न राज्यका विधान सभामा मतदान हुनेछ । चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाबाट पूर्व गभर्नर द्रोपदी मुर्मू उम्मेदवार हुनुहुन्छ भने विपक्षी दलले पूर्व केन्द्रीय मन्त्री यशवंत सिन्हालाई उम्मेदवार बनाएको छ ।

चुनावमा सत्तारुढ दलका उम्मेदवार द्रौपदी मुर्मूको पक्षमा समर्थन धेरै देखिएको छ । यसले गर्दा उहाँले मत धेरै पाउन सक्ने अनुमान छ । चुनावको नतिजा आउँदो बिहीवार सार्वजनिक हुनेछ ।  द्रौपदी मुर्मू राष्ट्रपतिमा चयन भएमा उहाँ आदिवासी समुदायबाट राष्ट्रपति बन्ने पहिलो व्यक्ति बन्नु हुनेछ।

वर्तमान राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल आउँदो ८ गतेदेखि सकिन लागेकाले भारतमा नयाँ राष्ट्रपति चयनका लागि चुनाव हुन लागेको हो ।

प्रकाशित मिति : सोमबार, साउन २ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij