चितवन,लगातारको वर्षाका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी सञ्चालन सुरु भएको छ ।
वर्षाका कारण सडकमाथिबाट लेदो माटोसहितको पहिरो खस्दा सोमबार बिहान ४ बजेदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्डमा केही समय अघिदेखि सवारी सञ्चालन शुरु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आइतबारदेखि परेको अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडक खण्डको घुमाउने नजिकैको क्षेत्रका पहिरो खस्दा सोमबार बिहान ४ बजेदेखि सडक अवरुद्ध बनेको थियो ।
अवरुद्ध सडक जेसिविको सहायताले पहिरो पन्छाएपछि बिहान ६ः४५ बजेदेखि सडक दुईतर्फ सञ्चालन गर्न मिल्ने गरी खुलाइएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले सडक सुचारु भए पछि वर्षा नरोकिएका कारण सावधानी अपनाएर यात्रा गर्न आग्रह गरेको छ । नारायणगढ–मुग्लिन सडक खण्डको १७ स्थानमा पहिरोको जोखिम रहेको बताइन्छ ।
प्रकाशित मिति : सोमबार, साउन १६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्