बुटवल – पूर्प-पश्चिम राजमार्ग अन्तरगत बुटवल-१२ नायाँगाउँको सडक छेउमा एक युवा मृत अवस्थामा फेला परेका छन् । बुटवल-११ कालिकानगरका २८ वर्षीय संजय खत्री मोटरसाइकलसँगै दुर्घटनाग्रस्त अवस्थामा मँगलबार विहान मृत अवस्थामा भेटिएकाहुन् ।
सडक छेउमा लु ३६ प ४७४२ नम्बरको मोटरसाइकलसँगै खत्री मृत अवस्थामा भेटिएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । शवलाई थप अनुसन्धान तथा पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ ।
प्रकाशित मिति : मंगलबार, साउन ३१ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्