जुम्ला पहिरो अपडेट : मृत्यु हुनेको संख्या सात पुग्यो, आमा छोरा बेपत्ता

जुम्ला पहिरो अपडेट : मृत्यु हुनेको संख्या सात पुग्यो, आमा छोरा बेपत्ता

फाइल फोटो

जुम्ला :कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर ज्यान जानेको संख्या ७ पुगेको छ।

 

 

गाउँपालिकाको बाराकोटे बाडामा पहिरो जाँदा घरमुली ५५ वर्षीय गणेश शाही, २२ वर्षीय छोरा रमेश शाही, रमेश शाहीकी २२ वर्षीया श्रीमती पानसरा शाही, रमेश शाहीका ८ वर्षका छोरा अनमोल शाही, छोरी मिलन शाही, छिमेकी सुरेन्द्र हमाल र २५ वर्षीया विद्या शाहीको रहेका छन।

सो घटनामा स्थानीय सरस्वती हमाल र रामबहादुर हमाल घाइते भएका छन्। घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक नरेन्द्र चन्दसहितको टोली थप उद्धारका लागि खटिएको छ।

आमाछोरा बेपत्ता

त्यस्तै बाढी र पहिरोले  हिमा गाउँपालिकामा आमा छोरा बगेर बेपत्ता भएका छन्। हिमा गाउँपालिका ३ जोगिवाडामा बाढी आउँदा स्थानीय २५ वर्षीया सत्यदेवी योगी र उनका ३ वर्षीय छोरा विनम योगी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार  उनीहरूको खोजी कार्य भइरहेको छ।

प्रकाशित मिति : शनिबार, असोज २२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij