रुपन्देही–२ मा एमालेका विष्णु पौडेलले गराए उम्मेदवारी दर्ता

रुपन्देही–२ मा एमालेका विष्णु पौडेलले गराए उम्मेदवारी दर्ता

बुटवल । रुपन्देही–२ को प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

बुटवल उपमहानगरपालिकाको नगर कार्यपालिका कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पार्टीका नेता कार्यकर्तासहित पुगेर पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् । पौडेलको उम्मेदवारी दर्ता गराउन एमाले कार्यकर्तासंगै राप्रपा प्रदेश अध्यक्ष प्रदीप उदयको नेतृत्वमा राप्रपा कार्यकर्ताहरु पनि पुगेका थिए ।

यो क्षेत्रमा एमालेबाट प्रदेशसभातर्फ भोजप्रसाद श्रेष्ठ र लीला गिरी उम्मेदवार छन् । पौडेलले ३ वटा चुनाव लगातार जित्दै आएको यो क्षेत्रमा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका राजु गुरुङले टिकट पाएका छन् ।

रुपन्देही– २ मा बुटवल उपमहानगरपालिकाका १देखि १३, तिलोत्तमा नगरपालिकाका १देखि ६ र सैनामैना नगरपालिकाका १देखि ४ नम्बर वडा पर्छन् । यो क्षेत्रमा १ लाख २६ हजार ८०७ मतदाता रहेका छन् ।

प्रकाशित मिति : आइतबार, असोज २३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij