काठमाण्डाै – लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले पनि यी तीन प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको छ । केही दिनयता लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा लगातार ठूलो पानी परिरहेको छ । यी तीन प्रदेशका केही ठाउँमा अत्यधिक वर्षाको अनुमान रहेकाले बाढी पहिरोको जोखिम बढेको छ । बाढी पहिरोको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यस्तै, अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो ।
भोलिदेखि भने पानी पर्ने क्रम बिस्तारै कम हुने अनुमान गरिएको छ । पश्चिमी क्षेत्रमा पनि भोलिदेखि क्रमिक रुपमा मौसममा सुधार हुने मौसमविद्को अनुमान छ । तर, मनसुन सक्रिय नै रहेकाले हल्कादेखि मध्यम वर्षा भने हुने मौसमविद् अधिकारीले बताउनुभयो । गएको अक्टोबर २ अर्थात १६ गते नै मनसुन सकिनु पर्नेमा यसपालि मनसुन लम्बिएको छ।
प्रकाशित मिति : सोमबार, असोज २४ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्