काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वांगय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दु:ख व्यक्त गरेका छन् । जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।
प्रधानन्त्री देउवाले सामाजिक सञ्जाल ट्विटरमार्फत जोशीको निधनको खबरले निकै दुःखी तुल्याएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे । प्रधानमन्त्री देउवाले जोशीले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैँ सम्झिरहने उल्लेख गरेका छन् ।
प्रकाशित मिति : आइतबार, असोज ३० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्