बुटवल -पाँच दलीय गठबन्धनको चुनावी प्रचार प्रसारका लागि कार्यालय बुटवल उपमहानगरपालिका वडा नम्बर १७ मा उद्घाटन गरिएको छ ।
आगामी मंसिर ४ गते हुने निर्बाचनमा चुनाबी प्रचारलाई प्रभावकारी बनाउन बुटवल उपमहानगरपालिका वडा नम्बर १७ मा पाँच दलिय गठबन्धन चुनाबी प्रचार प्रचार कार्यालयको उदघाटन गरिएको हो
आइतबार एक समारोहकाबीच रुपन्देही क्षेत्र नं।३ प्रतिनिधिसभा र प्रदेशसभा (ख) का लागि सो वडा कार्यालय उद्घाटन गरिएको हो । चुनावी प्रचार प्रसारका लागि सो कार्यालयको उद्घाटन पाँच दलीय गठबन्धनका प्रदेशसभा (ख०)सदस्य उम्मेदवार रामचन्द्र ढकाल नेपाली कांग्रेस जिल्ला सभापती राम कृष्ण खाँण एकीकृत समाजवादीका गोपाल नेपालले संयुक्त रुपमा गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै रुपन्देही क्षेत्र नम्बर ३ ख प्रदेशसभा सदस्यका उम्मेदवार रामचन्द्र ढकालले गठबन्धनको जित सुनिश्चित रहेकोमा आफू विश्वस्त रहेको बताउनुभयो । स्थानीय तहको निर्वाचनको मत परिणामले नै गठबन्धनको जित सुनिश्चित देखाइसकोले संस्दीय चुनावमा पनि आफूहरुको गठबन्धन नै जित्ने दाबी गर्नुभयो ,देशको बिकाश र समृद्धिको लागि प्रदेश र संघमा पाँच दलिय गठबन्धनलाई मतदान गर्न आम मतदातालाई आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रममा कांग्रेस जील्ला सभापती रामकृष्ण खाँण ले संघीयता बचाउन, गणतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनका साझा उम्मेदवारलाई जिताउन मतदाताहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा एकिकृत समाजबादी संयोजक गोपाल नेपाल ,नेपाली काँग्रेस महासमिती सदस्य बिमल ढकाल ,नेपाली काँग्रेस क्षेत्रिय सचिव भवानी शर्मा ,नेपाली काँग्रेस क्षेत्र नम्बर ३ ख सभापती घनश्याम चालिसे ,नेपाली काग्रेस महासमिती सदस्य भिम प्रसाद न्यौपाले ,नेपाली काँग्रेस बुटवल नगर उपसभापति ज्योती भण्डारी ,क्षेत्रिय प्रतिनीधि फूलु सुनार ,नेकपा माओबादी्रका ज्ञामलाल भुसाल ,नेपाली कांग्रेस प्रदेस सदस्य केसब पाण्डे , नेकपा माओबादीका कृष्ण नेपाली, नेकपा माओबादीका मित्रलाल भुसाल लगायतले बोल्दै सम्र्पुण बिकासका निम्ती पाँच दलिय गठबन्धनलाई जिताउन आम मतदातामा आग्रह गरे ।कार्यक्रम नेपाली काँग्रेस बुटवल उपमहानगरपालिका वडा नम्बर १७ का सभापती ओम बहादुर घिमिरे को अध्यक्षता एबम सचिब कमल गुरुगंको सञ्चालनमा सम्पन्न भयो ।
प्रकाशित मिति : आइतबार, असोज ३० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्