सत्ता गठबन्धनद्वारा रुपन्देही-३ मा ६६ बुँदे संकल्पपत्र सार्वजनिक

सत्ता गठबन्धनद्वारा रुपन्देही-३ मा ६६ बुँदे संकल्पपत्र सार्वजनिक

बुटवल – मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावलाई लक्षित गरी रुपन्देही ३ मा सत्ता गठबन्धनले ६६ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ ।

घोषणापत्रका अधिकांश बुँदामा संघीय सरकार र स्थानीय तहले यसअघि नै अघि बढाएका काम र विषय समेएिका छन् ।

घोषणा पत्रमा सिद्धार्थनगर नगरपालिका वरपर ‘सिद्धार्थ चक्रपथ’ निर्माण, तिनाउ–दानव नदीमा ‘जनताको तटबन्धन’ कार्यक्रम थप प्रभावकारी बनाउने र डण्डा र रोहिणी नदी कटानलाई व्यवस्थित गरिने उल्लेख छ ।

यस्तै बेलवास–बेथरी सडकको स्तरोन्नति, बेलहिया बुटवल खण्डमा रहेको ६ लेन सडकलाई अझ आकर्षक बनाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने, मोतीपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर बनाउने उल्लेख छ ।

कालिगण्डकी–तिनाउ डाइभर्सन कार्यान्वयन, मर्चवारदेखि मुस्ताङ्गसम्म सडक निर्माण, बुटवल– भैरहवा– सुनौली राजमार्गमा मेट्रो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिने पनि घोषण पत्रमा उल्लेख छ ।

बेलहियामा निर्माणाधीन ‘एकीकृत भन्सार प्रणाली’ तत्काल निर्माण प्रारम्भ, सिद्धार्थनगर नगरपालिका भित्र रहेको विशेष आर्थिक क्षेत्रमा विद्युतीय सबस्टेसन निर्माण तथा व्यवस्थित सञ्चालनका लागि नितिगत निर्णयहरु गर्ने घोषणापत्रमा उल्लेख छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई बढाइने र नेपालका विभिन्न सहरहरूमा पनि आन्तरिक उडान तथा कार्गो सेवा थप गरिने संकल्पपत्रले समेटेको छ ।

भैरहवामा रहेको सिद्धार्थ क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्न सकिने किसिमले स्तरोन्नति गर्ने, भीम अस्पतालको स्तरवृद्धि गर्ने, यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस, शुद्धोधन, जनता उच्च मावि, सियारी तथा रूपन्देही क्याम्पस, सिद्धार्थनगरको स्तरोन्नती र प्राविधिक विषयमा थप कार्यक्रम सञ्चालन गर्न विशेष पहल गरिने उल्लेख छ ।

घोषणापत्र सार्वजनिक गर्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका गृहमन्त्री बालकृष्ण खाणले भौतिक पूर्वाधारका साथै मानवीय र सामाजिक विकासलाई पनि चुनावी संकल्पपत्रले समेटेको बताए ।  उनले आफू ‘टुरिस्ट’ उम्मेदवार नभएको बताउँदै रुपन्देही नै आफ्नो राजनीतिको केन्द्र भएको बताए ।

प्रकाशित मिति : आइतबार, कार्तिक १३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij