रुपन्देहीमा कारको ठक्करबाट ३५ दिने शिशुसहित ३ जनाको मृत्यु

रुपन्देहीमा कारको ठक्करबाट ३५ दिने शिशुसहित ३ जनाको मृत्यु

file photo

काठमाण्डाै – रुपन्देहीमा कारको ठक्करबाट ३५ दिनको एक शिशुसहित तीन जनाको ज्यान गएको छ ।

बिहान ५ बजेतिर छठ मनाउनका लागि छठीघाटतर्फ जाँदै गर्दा उनीहरुलाई कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवम् प्रवक्ता श्याम अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार ओमसतिया गाउँपालिका–४ पननीकी १४ वर्षीया सीमा कुर्मी, २८ वर्षीया प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको ज्यान गएको छ । अन्य दुई जना घाइते भएका छन् ।

ठक्कर दिने कारको नम्बर खुलेको छैन । कारसहित चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, कार्तिक १४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij