एमालेकाे घाेषणापत्र : नेपालीलाई मात्र नागरिकता, प्रतिव्यक्ति आय दाेब्बर पुर्‍याउने (पूर्णपाठ)

एमालेकाे घाेषणापत्र : नेपालीलाई मात्र नागरिकता, प्रतिव्यक्ति आय दाेब्बर पुर्‍याउने (पूर्णपाठ)

काठमाण्डाै – नेकपा एमालेले आउँदाे मङ्सिर ४ गते हुने चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज मङ्गलवार दिउँसो काठमाण्डाैकाे याक एन्ड यती होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आउँदाे चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई निरन्तरता दिइएको छ । घोषणापत्रमा देशकाे समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ ।

यस्तै एमालेकाे घाेषणापत्रमा सरकार गठन भएको एक महिनाभित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्था अन्त्य गर्ने र छ महिनाभित्र नागरिकतासम्बन्धी समस्या हल गरिने उल्लेख छ । एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिने पनि जनाइएकाे छ ।

कृषिको व्यवसायीकरण गरिने तथा साना, मझौला र ठूला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गरिने घाेषणापत्रमा उल्लेख छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) लाई आउँदाे पाँच वर्षभित्र १०० खर्ब रुपैयाँ र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी दाेब्बर अर्थात् ३ लाख रुपैयाँ (२४०० अमेरिकी डलर) पुर्‍याइने पनि उल्लेख छ ।

 

अन्तिम अपडेट: कात्तिक १५, २०७९

प्रकाशित मिति : मंगलबार, कार्तिक १५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij