बुटवल– राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने पर्यवेक्षकका लागि दुई दिने प्रशिक्षण कार्यक्रम मंगलबारदेखि रुपन्देहीको बुटवलमा सुरु भएको छ।कार्यक्रममा रुपन्देहिका निर्बाचन अधिकृत एबम प्रमुख जिल्ला न्यायधिस कृष्णराम कोइरलाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको निष्पक्ष भए रहित र धाँदली रहित रुपमा सम्पन्न गर्नको निम्ती काम भइरहेको बताएका छन् ।
आगामी निर्बाचनको तयारी बारे जानकारी दिदै उनले पहिलो चरणमा जनशक्तिको व्यवस्थापन यसमा खटिने कर्मचारी,निर्बाचन सामाग्रिहरु तयारी ,निर्बाचन सामाग्रिहरु कुन मतदान केन्द्रमा कति पुराउने,जनशक्ति कति खटाउने यसको तयारी र निर्बाचनको दिन सम्म निर्बाचन सामाग्रि सहित मतपेटिका निर्बाचन स्थलमा खटाउने जस्ता काम भइरहेको बताए ।
उनले निर्वाचन सम्पन्न गर्न आयोग र सरकारको मात्र नभई नागरिक समाजको पनि उत्कृष्ट भूमिका रहेको धारणा व्यक्त गरे। उनले भने, ‘पर्यवेक्षण गर्ने संस्थाहरुले दिने प्रतिवेदनका आधारमा निर्वाचन पद्धतिका हरेक पक्षका कमीकमजोरी थाहा हुन्छ । त्यसले सरकार, राजनीतिक दल र निर्वाचन आयोगलाई लगायत अन्य सरोकारवाला निकायलाई निर्वाचनको विश्वसनीयता र स्वतन्त्रताका लागि दिशानिर्देश गर्दछ ।’
निर्वाचन तयारीका क्रममा कहींकतै सुरक्षा चुनौती देखिए पनि दृढता र आत्मविश्वासपूर्वक अगाडि बढेको खण्डमा त्यस्ता चुनौतीलाई सहजै पार लाग्ने बताए । प्रमुख आयुक्त कोइरलाले निर्वाचनको निष्पक्षता, विश्वसनीयता र स्वतन्त्रताका लागि नियोक पर्यवेक्षकहरुको ठूलो भूमिका रहने भएकाले कुनै दल विशेषको पक्षमा प्रत्यक्ष, परोक्ष वा अप्रत्यक्ष रुपमा नलागी निर्वाचन आचारसंहिताका मूल्य र मान्यतालाई मात्मसात् गरी आआफ्नो क्षेत्रमा जुट्न आग्रह गरे ।
नियोक लुम्बिनी प्रदेश संयोजक सुरेश कुमार गौतमले २०४८ साल देखि नै स्वच्छ, निश्पक्ष र भयरहित वातावरण निर्वाचनभएनभएको बारे निरन्तर पर्यवेक्षण गर्दै आएको नियोकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको पर्यवेक्षण गर्ने तयारी गरेको जानकारी दिए ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)को आयोजनामा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण तरिकाले सम्पन्न गराउनका लागि पर्यवेक्षणमा खटिएका पर्यवेक्षकका लागि प्रशिक्षण सुरु गरिएको हो। उक्त प्रशिक्षणमा लुम्बिनी प्रदेशका १२ जिल्लाका संयोजक तथा प्रतिनिधीहरुको सहभागिता रहेको छ।
राष्टिय मानव अधिकार आयोगका सोमनाथ सुवेदी,सहजकर्ता निर्मल उप्रेती,बुटवल उच्च अदालतका कैलास चन्द्र ज्ञवाली,अधिवक्ता बसन्त गौतम ,नियोक रुपन्देहीका अध्यक्ष जीब नारायण अधिकारी,जियोकका हेमा न्यौपाने ,पत्रकार फूलु सुनार,रन बहादुर थाबे लगायतले बाल्दै निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न नियोकको भूमिका महत्वपूर्ण रहेको बताए।
प्रकाशित मिति : मंगलबार, कार्तिक २२ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्