काठमाडाैं – रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना रोकिएको छ । गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिले विरोध गरेपछि मतगणना रोकिएको हाे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरूले मतदान अधिकृतले दिएको डाटा र तथ्यांक फारममा लेखिएको संख्या मात्र फरक परेको भन्दै मतगणना रोकिएकाे हाे ।
बिहान ५ः३० बजेबाट रोकिएको मतगणना कार्य सुचारु गराउने प्रयास भइरहेको निर्वाचन अधिकृत उदबीर नेपालीले बताएका छन् । मतपेटिकामा मुचुल्कामा भन्दा ३४ थान मतपत्र बढी देखिएपछि रास्वपाका प्रतिनिधि तथा गठबन्धनका प्रतिनिधिहरुले मतदान स्थगित गर्न माग गर्दै धर्ना बसेका थिए । उनीहरु मतगणना छाडेर धर्ना बसेपछि रोकिएको मतगणना अहिले सम्म सुरु भएको छैन ।
मुचुल्कामा लेखिएको मतपत्रको संख्याभन्दा केही फरक परेपनि महिला र पुरुषको मतपत्र भिडाउँदा संख्या मिल्न गएको निर्वाचन अधिकृत नेपालीले दाबी गरे । उनले दलका प्रतिनिधिहरुलाई छलफलका लागि बोलाइएको र केहीबेरमा मतगणना सुचारु हुने बताए ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्