पाल्पामा तोपका गोला भेटियो

पाल्पामा तोपका गोला भेटियो

पाल्पा – पाल्पाकाे सदरमुकाम तानसेन नजिकै घडेरी खन्ने क्रममा ठूलो सङ्ख्यामा तोपका गोला फेला परेका छन् ।

तानसेन नगरपालिका–४ गोलाखानामा घडेरी खन्ने क्रममा तोपका गोला फेला परेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । बाइसे/चौबीसे राज्य एकीकरणको समयताका त्याे ठाउँमा गोलखान रहेका कारण तोपका गोला फेला परेको पाल्पा इतिहासका जानकार निर्मल श्रेष्ठले बताउनुभयो । अहिलेसम्म तीन सय वटा गोला फेला परेको र उत्खननकाे क्रममा अझ धेरै भेटिन सक्ने श्रेष्ठको भनाइ छ ।

गोला भेटिएको जग्गा पाल्पामा रहेकाे नेपाली सेनाको हो । त्यही ठाउँमा सेनाले गेस्ट हाउस निर्माणका लागि घडेरी खनिरहेको छ । अहिले ती गोलाको सुरक्षित व्यवस्थापनका लागि पाल्पाकाे नेपाली सेनाको दि फेमस महेन्द्र दल गणको टोली परिचालन भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो । फेला परेका गोलाको बारेमा थप अनुसन्धान प्रक्रिया अगाडि बढेको पाल्पा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, पुष ५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij