आज प्रदेश १ र सुदूरपश्चिमका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली

आज प्रदेश १ र सुदूरपश्चिमका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली

काठमाण्डाै – आज प्रदेश १ र सुदूर पश्चिम प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुन सक्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद् वरुण पौडेलका अनुसार यी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको अनुामन पनि छ । अहिले काठमाण्डौ उपत्यकासहित तराईका जिल्लामा हुस्सु र कुहिरो लागेको छ । काठमाण्डौसहित पहाडी जिल्लामा लागेको हुस्सु कुहिरो हटेर मौसम सफा रहने अनुमान गरिएको छ  ।

तर, तराईका धेरैजसो जिल्लामा भने दिउँसोसम्म नै हुस्सु र कुहिरो लाग्ने मौसमविद् पौडेलले जानकारी दिनुभयो । केही दिनदेखिको लगातारको हुस्सु कुहिरोले तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । घर बाहिर हिँडडुल गर्न समेत मुस्किल पर्न थालेको छ । लगातार हुस्सु कुहिरो लागे पनि शीतलहर भने सुरु नभएको मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : बिहिबार, पुष १४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij