बुटवल-श्री जनशक्ति नमूना भिमप्रसाद गोमता न्यौपाने आधारभुत विद्यालयले १८ औ वार्षिक उत्सव, अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ ।
बुटवल उपमहानगरपलिका वडा नम्बर १७ स्थित विद्यालय परिसरमा वार्षिक उत्सव मनाएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले विद्यार्थी र विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि नगरपालिका र आफू प्रतिबद्ध रहेको बताउँदै नगरप्रमुख पाण्डेले बालबालिकाको शैक्षिक विकासको लागि अभिभावक, समुदाय र सम्बन्धित सम्पूर्ण पक्षले विशेष भुमिका खेल्नुपर्ने बताउनुभयो । उहाले शिक्षक मात्रैको प्रयासले शैक्षिक अवस्था सुधार गर्न नसकिने बताउदै यसका लागि अभिभावक, बिद्यालय व्यवस्थापन समिति पनि जागरुक भएर लाग्नुपर्ने बताउनुभयो। यसका लागि स्थानीय सरकारको पनि उत्तिकै भूमिका रहेको बताउँदै आफु सदैव तयार रहेको बताउनुभयो ।
विशिष्ट अतिथि बुटवल १७ का वडा अध्यक्ष ज्ञान बहादुर रेस्मी मगरले यस विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गरी बिद्यार्थी र अभिभावको मन जित्न सफल होस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
विद्यालयको १३ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन विद्यालयका प्रधानाध्यापक कल्पना भण्डारी ले प्रस्तुत गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका संरक्षक भिम प्रसाद न्यौपाने,नेपाली कांग्रेस बुटवल १७ का सभापती बाबुराम घिमिरे, एमालेका खिमानन्द पाण्डे,माओबादीका गंगाराम ढकाल,श्याम माया गुरुङ ,कृष्ण कुमारी पाण्डे ,सफलता आमा समुहका अध्यक्ष मिना पंगेनी लगायतले सामुदायिक विद्यालयले समाजमा पुर्याएको योगदान र समुदायको अपेक्षाको बारेमा चर्चा गरेका थिए ।कार्यक्रममा छात्रवृत्ति वितरण, बिभिन्न खेलकुदकापुरस्कार वितरण गरिएको थियो ।सो कार्यक्रम शिक्षक मुमा कुमारी पछाइ र गणेस कुँवरल संचालन गर्नुभएको थियो ।
प्रकाशित मिति : सोमबार, माघ १६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्