काठमाण्डाै – नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११०औँ स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकाङ्क (सीपीआई)–२०२२ मा एक सयमा ३४ अङ्क पाएर नेपाल ११०औँ स्थानमा परेको हो । सन् २०२१ मा नेपाल ३३ अङ्ककासाथ ११७औँ स्थानमा थियो ।
अङ्कमा केही सुधार भए पनि नेपाल भ्रष्टाचार व्याप्त हुने देशहरुको श्रेणीमै कायम छ । दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटान ६८ अङ्क पाएर २५औँ स्थानमा रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा अफगानिस्तान परेको छ ।
यस्तै, विश्वमै सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क परेको छ । ट्रान्सपरेन्सी नेपालले विश्वका १८० देशहरूलाई समेटेर तयार गरेको प्रतिवेदनअनुसार डेनमार्कले ९० अङ्क पाएको छ । यस्तै, १२ अङ्क पाएको सोमालिया सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले २८ वर्षदेखि सूचकाङ्क सार्वजनिक गर्दै आएको छ ।
प्रकाशित मिति : मंगलबार, माघ १७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्