सुदूरपश्चिम प्रदेशसभाको बैठक भोलिसम्म स्थगित

सुदूरपश्चिम प्रदेशसभाको बैठक भोलिसम्म स्थगित

काठमाडौं : सुदूरपश्चिम प्रदेशको आजका लागि बोलाइएको बैठक भोलिसम्मका लागि सारिएको छ।

आजको बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यक्रम थियो।

‘०७९/१०/२५ गते दिनको १:०० बजे बस्ने भनिएको प्रदेश सभाको प्रथम अधिवेशनको सातौँ बैठक विशेष कारणवश स्थगित भई माननीय सभामुखज्यूको आदेशानुसार मिति २०७९/१०/२६ गते बिहीबार दिनको १:०० बजे बस्ने गरी तोकिएको हुँदा सम्पूर्ण माननीय प्रदेश सभा सदस्यज्युहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’ सचिवालयको सूचनामा भनिएको छ।

गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले बिहीबारसम्ममा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ। नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरिरहेको छ।

५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा बहुमतको सरकारका लागि २७ जना आवश्यक पर्छ। सबैभन्दा ठूलो दल नेपाली कांग्रेस १९ प्रदेशसभा सदस्यसहित प्रतिपक्षमा छ।

नेकपा एमालेका मुख्यमन्त्री रावलले नेकपा एमालेका १०, माओवादी केन्द्रको १० (सभामुखबाहेक), नागरिक उन्मुक्तिको ७, राप्रपाको १ जनाको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

अहिले उनलाई आफ्नो दल एमालेसहित माओवादी र राप्रपाको साथ छ। तर बहुमत पुग्न नागरिक उन्मुक्तिको मत आवश्यक छ।

प्रकाशित मिति : बुधबार, माघ २५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij