काठमाडौं : आज दिउँसो १ बजेका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक साँझ चार बजेलाई सरेको छ। आजको बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिनैपर्नेछ। तर, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान लिएसँगै बैठक सरेको हो।
नागरिक उन्मुक्तिका ७ सांसद काठमाडौंमै छन्। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो। उनी एकमहिना अघि अन्य दलहरूको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको एकमहिनाभित्रमा प्रदेशसभाबाट विश्वासको मत लिन नसके सरकार ढल्छ।
नागरिक उन्मुक्तिले आफ्ना नेता रेशम चौधरीको रिहाइ वा रिहाइको लिखित प्रतिबद्धता नगर्दासम्म विश्वासको मत नदिने अडान राखिरहेको छ।
नागरिक उन्मुक्तिले विश्वासको मत नदिएमा वा गठबन्धन फेरबदल नभएमा यहाँ मुख्यमन्त्री रावललाई बहुमत नपुग्ने अंकगणित छ। रावलले विश्वासको मत लिन नसकेमा आजैबाट प्रदेश सरकार कामचलाउ बन्नेछ। त्यसपछि संवैधानिक व्यवस्थाअनुसार ठूलो दलको हिसाबले कांग्रेसले सरकारको नेतृत्व पाउनेछ। यद्यपि, यसरी बनेको सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका ११ (सभामुखसहित), एमालेका १०, नाउपाका ७ र राप्रपाका १ जना सांसद छन्। नाउपाले विश्वासको मत नदिएको अवस्थामा सरकारलाई बहुमत (२७) पुग्दैन।
प्रकाशित मिति : बिहिबार, माघ २६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्