सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहले आज शपथ लिँदै

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहले आज शपथ लिँदै

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पद तथा गाेपनीयताकाे शपथ लिँदैछन् । प्रदेश प्रमुख देवराज जोशीले नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका शाहलाई बिहीबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका नेकपा एमालेकारावलले प्रदेशसभामा विश्वासको मत नपाएपछि धारा १६८ (३)अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। शाहले एक महिनाभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने छ । प्रदेश प्रमुखको कार्यालयले नवनियुक्त मुख्यमन्त्री शाहको आज हुने शपथ कार्यक्रमका लागि सबै तयारी पूरा गरेको जनाएको छ ।

सरकार गठन भएको एक महिनामा नै पहिलो पटक निवर्तमान मुख्यमन्त्री रावलले विश्वासको मत नपाएका हुन्। नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि सुदूरपश्चिम प्रदेश सरकार ढलेको हो । सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीको ७ जना सांसद छन्। नेकपा एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्र एक/एक जना सांसद छन्।

प्रकाशित मिति : शुक्रबार, माघ २७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij