बुटवल-राष्ट्रिय निजि तथा आवासिय बिद्यालय संगठन नेपाल (एन–प्याब्सन) रुपन्देहीको नवौं जिल्लास्तरिय खेलकुद महोत्सव (स्पोर्टस् मीट) कार्यक्रम बुटवलमा शुरु भएको छ । बुटवल उपमहानगर वडा नम्बर १० रामनगरस्थित खेलमैदानमा शुरुभएको सो (स्पोर्टस् मीट) खेलकुद महोत्सवको एन–प्याब्सनका केन्द्रिय अध्यक्ष पाण्डव हमालले एक समारोहका बिच उद्घाटन गर्नुभयो ।
एन–प्याब्सनमा आवद्ध रुपन्देही जिल्लाका कुल ५४ वटा बिद्यालयहरुले सहभागिता जनाएको सो खेलकुद महोत्सवमा बिभिन्न दुरीका दौड प्रतियोगितासहित एथलेटिक्स, टेवलटेनिस, भलिवल, फुटवल, मार्सल आर्टस् लगाएतका प्रतिष्पर्धा हुदैछन् । झण्डै ५ सयजना छात्र तथा छात्राहरुको सहभागिता रहेको सो प्रतियोगिताको उद्घाटन गर्दै केन्द्रिय अध्यक्ष हमालले बिद्यार्थीहरुको मानसिक र शारिरिक स्वास्थ्यका लागि खेलकुद प्रतियोगिताहरु अपरिहार्य रहेको बताउनु भयो ।
बिद्यार्थीहरु जति खेलकुदबाट स्वस्थ र तन्दुरुस्त हुन्छन अध्ययनमा पनि उत्तिकै तिक्ष्ण प्रतिभाका हुने दावी गर्दै अध्यक्ष हमालले राष्ट्रिय निजि तथा आवासिय बिद्यालय संगठन नेपाल (एन–प्याब्सन)ले अध्ययनका साथै खेलकुदलाई पनि उत्तिकै प्राथमिकतामा राखेर अघि बढेको उल्लेख गर्नुभयो । एन–प्याब्सन रुपन्देहीका अध्यक्ष पुरुषोत्तम को अध्यक्षतामा भएको सो कार्यक्रममा निवर्तमान अध्यक्ष देउप्रकाश राई, उपाध्यक्ष दिलप्रसाद गुरुङ्ग सचिव बाबुराम बन्जाडे लगाएतले बिद्यालय जिवनमा खेलकुदको महत्वबारे प्रकाश पार्नु भएको थियो ।
सो अवसरमा केन्द्रिय अध्यक्ष हमालले सिद्धि चिल्ड्रेन्स एकेडेमी बोर्डिङ्ग स्कुल बुटवल १२ का संस्थापक प्राचार्य तथा एन–प्याब्सनका पुर्व केन्द्रिय सदस्य राजु गुरुङ्गलाई केन्द्रिय समितिको सल्लाहकारमा मनोनित गरेको पत्र हस्तान्तरण गर्नुभएको थियो ।
प्रकाशित मिति : आइतबार, माघ २९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्