लुम्बिनी सरकारको समर्थन आजै फिर्ता लिने तयारीमा माओवादी

लुम्बिनी सरकारको समर्थन आजै फिर्ता लिने तयारीमा माओवादी

बुटवल- माओवादी केन्द्रले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन आजै फिर्ता लिने तयारी गरेको छ । त्यसबारे निर्णय गर्नका लागि आज माओवादीले संसदीय दलको बैठक बोलाइएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुर्दशन बरालले आज बस्ने संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थ फिर्ता लिने निर्णय गर्ने र माओवादी सरकारबाट बाहिरिने बताए ।

‘पार्टीको संसदीय दलको बैठक केहि समयमै बस्दै छ । सो बैठकले मुख्यमन्त्रीलाई दिएको समर्थन आज नै फिर्ता लिने निर्णय गर्ने सम्भावना छ । यस बारेमा हामी केन्द्रसँग नि कुरा गछौँ । त्यसैका आधारमा हामी अघि बढ्छौँ ।’– उनले भने ।गत पुस २७ गते ७ दलका ५६ र २ स्वतन्त्र गरी जम्मा ५८ सांसदको समर्थनमा नेकपा एमालेका लिला गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गिरीले माघ ५ गते विश्वासको मत पाएका थिए । मुख्यमन्त्रीलाई विश्वासको मत दिएका माओवादी केन्द्र, जसपा र जनमत पार्टी अहिले सरकारमा छन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ मत चाहिन्छ । एमाले र राप्रपा बाहेकका आठ दलीय गठबन्धनको सरकार बनेमा बहुमत पुग्छ । किनकि आठ दलीय गठबन्धनसँग प्रदेशसभाको बहुमत ५० मत हुन्छ ।कांग्रेसका २७, माओवादी केन्द्रका १०, जसपाका ३, जनमतका ३, लोसपाका ३, नागरिक उन्मुक्ति पार्टीका ४ जना प्रदेशसभा सदस्य छन् ।

प्रकाशित मिति : बिहिबार, चैत्र ९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij