काठमाण्डाै – सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड भोलिदेखि दैनिक नौ घण्टा बन्द हुने भएको छ । सडक खण्डअन्तर्गत बन्दै गरेको सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि दैनिक नौ घण्टा सडक बन्द गर्न लागिएको हो।
निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य सुरु गरेको र माथिबाट ढुङ्गासहितको पहरो खस्ने भएकाले हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजे तथा रातको १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गर्न लागेको जनाएको छ ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा हिजो बसेको राजमार्ग सुरक्षा समितिको बैठकले अर्को सूचना नआएसम्मका लागि सडक बन्द गर्ने निर्णय गरेको हो । यो समयमा एम्बुलेन्सलगायत अत्यावश्यक गाडी भने चल्न पाउने छन् ।
प्रकाशित मिति : सोमबार, चैत्र २० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्