लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

दाङ – लुम्बिनी प्रदेश सभाको बैठक आज बस्ने भएको छ ।

प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै सोमबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको जनाएको छ ।

प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशनमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ नियम १२ को उपनियम (३) बमोजिम अनुरुप बैठक आह्वान गरिएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले बताए ।

आज बस्ने बैठकमा प्रदेश सभामा बोल्नका लागि विषेश समय छुट्याइने र मुख्यमन्त्री लिला गिरीबाट ‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठान’ सम्बन्धी विधेक प्रदेश सभामा पेस गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सोमबार बस्ने बैठकमा कांग्रेससहित अन्य दलले मुख्यमन्त्री लिला गिरीको  राजीनामा माग्ने तयारी गरेका छन् ।

यता लुम्बिनीमा एमालेका मुख्यमन्त्री गिरीलाई कांग्रेस, माओवादीसहित ८ दलले समर्थन फिर्ता लिइसकेकाले सरकार अल्पमतमा छ । त्यहीबीच ५४ जना प्रदेशसभा सदस्यले कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै प्रदेश प्रमुख अमक्ष दाबी पेस गरेका छन् ।

प्रकाशित मिति : सोमबार, चैत्र २० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij