बुटवल-होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा लेखनाथ भण्डारी निर्वाचित भएका छन्। अध्यक्षमा निर्वाचित भण्डारीले ५५० मत पाउँदा बावुराम गौतमले ४५२ मत पाए ।
संघको नेतृत्वको लागि बावुराम गौतम र लेखनाथ भण्डारीले अलग अलग प्यानल बनाएर उम्मेदवारी दिएका थिए। निवर्तमान कार्यसमितिमा भण्डारी प्रथम उपाध्यक्ष थिए भने गौतम बरिष्ठ उपाध्यक्ष थिए।
संघको बरिस्ठ उपाध्यक्ष पदमा माधव कुमार खनाल, पर्यटन उपाध्यक्षमा रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा टंक प्रसाद पराजुली (प्रकाश) द्वितीय उपाध्यक्षमा प्रेम प्रसाद भट्टराई, महासचिवमा अर्जुन थापा, सचिवमा थमन बहादुर भण्डारी, सहसचिवमा मोहन बस्याल र सह कोषाध्यक्षमा माधव ढकाल निर्वाचित भएका छन् । कोषाध्यक्ष पदमा भने रामबहादुर न्यौपाने यश अघि नै निर्विरोध निर्वाचित भईसकेका छन्।
महासचिवमा निर्वाचित अर्जुन थापा, प्रथम उपाध्यक्षमा निर्वाचित प्रेम प्रसाद भट्टराई, सचिव थम्मन भण्डारी र सहसचिवमा निर्वाचित अर्जुन पोखरेल लेखनाथ भण्डारी प्यानलबाट उम्मेदवार बनेका थिए।
त्यसैगरी सदस्यहरु एक बहादुर गाहा मगर, केशवराज पाण्डे, एकदेव पाण्डे, कमला पाण्डे, दामोदर पौडेल, धना कुमारी शर्मा, नारायण प्रसाद श्रेष्ठ, बावुराम अर्याल, मुरारी पाण्डेय, यज्ञमुर्ती भण्डारी, सिता ढकाल र सुन्दर कुमार श्रेष्ठ विजयी भएका छन् ।
२०५६ सालमा स्थापना भएको संघमा हाल रुपन्देहीका १ हजार २ सय ३ व्यवसायी आवद्ध रहेकोमा १ हजार ७० जनाले मतदान गरेका थिए।
हेरौँ नतिजा :
प्रकाशित मिति : आइतबार, चैत्र २६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्