लुम्बिनीका मुख्यमन्त्री गिरीले वैशाख ११ गते पुनः विश्वासकाे मत लिने

लुम्बिनीका मुख्यमन्त्री गिरीले वैशाख ११ गते पुनः विश्वासकाे मत लिने

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले यही वैशाख ११ गते पुनः विश्वासको मत लिनुहुने भएको छ ।

नेकपा माओवादी केन्द्रलगायतका दलले सरकारलाई दिएको समर्थन गएकाे चैत १२ गते फिर्ता लिएपछि एमालेका गिरीले विश्वासको मत लिन लाग्नुभएकाे मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव कृष्ण कुमालले जानकारी दिनुभयो ।

लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न आठ दलका ५३ जना सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् ।

एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलका हिसाबले सरकारको नेतृत्व दाबी गर्ने तयारी गरेको छ । लुम्बिनीमा एमालेका २९ र राप्रपाका चार जना सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् ।

८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ मत चाहिन्छ । प्रदेश सभाको बैठक ११ गते बिहान ११ बजेका लागि आह्वान गरिएकाे प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयाे ।

मुख्यमन्त्री गिरीले यसअघि गएकाे माघ ५ गते विश्वासको मत लिनुभएकाे थियाे । गिरी तत्कालीन सात दलीय गठबन्धनबाट मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।

प्रकाशित मिति : सोमबार, बैशाख ४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij