लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिंदै

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिंदै

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत नपाउने भने निश्चित छ ।

उनले विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

एमालेबाट मुख्यमन्त्री बनेका गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्र लगायतका दलले फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले पुनः विश्वासको मत लिन लागेका हुन् ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ । सोही बाध्यात्मक व्यवस्था अनुसार मुख्यमन्त्री गिरिले विश्वासको मत लिन लागेका हुन् ।

८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्छ । तर एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् । यो अंकगणित अनुसार एमालेका मुख्यमन्त्रीले गिरीले ३३ मतमात्रै पाउने देखिन्छ । सरकार टिकाउन आवश्यक ४४ मत पुर्याउन नसके गिरी नेतृत्वको सरकार ढल्ने छ ।

एक जना स्वतन्त्रसहित सत्तारुढ दलका ५३ जना सांसदले गिरीको विपक्षमा मतदान गर्ने तयारी गरेका छन् । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महाराले सत्तारुढ दलहरुका सांसदहरुले मुुख्यमन्त्री गिरीलाई विश्वासको मत नदिने बताए ।

‘चैत १२ गते नै हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छौं,’ उनले भने, ‘आठ दलको साझा सल्लाह अनुसार आज मुुख्यमन्त्री गिरीलाई विश्वासको मत दिदैनौं ।’ उनले मुख्यमन्त्री गिरी नेतृत्व सरकार अल्पमतमा परेकाले नैतिकताका आधारमा नयाँ सरकार गठनका लागि बाटो खुला गर्नुपर्ने बताए ।

चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै अन्य ८ दलका ५३ सांसदले लुम्बिनीमा नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।

एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलको हिसाबले संविधानको धारा १६८ (३) बमोजिम सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको छ ।

 

प्रकाशित मिति : सोमबार, बैशाख ११ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij