लुम्बिनीमा मुख्यमन्त्री चौधरीको सपथ आज

लुम्बिनीमा मुख्यमन्त्री चौधरीको सपथ आज

बुटवल- लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सपथ आज हुँदै छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

आज विहान साढे ११ बजेका लागि सपथ ग्रहरणको समय तोकिएपनि गठबन्धन दलहरु बीच मन्त्रालय बाँडफाटको विषय भने अझै टुँगिएको छैन । भागबण्डा मिलाउन मन्त्रालय थप गर्ने योजनामा रहेका दलहरु विहान ७ बजेदेखिनै छलफलमा जुट्ने एक नेताले बताएका छन् । यसअघि अहिलेको गठबन्धन सरकार रहँदा बढाइएको मन्त्रालय एमाले नेतृत्वको सरकारले घटाएको थियो । १० सदस्यीय मन्त्रिपरिषद सदस्य बढाएर माओवादी नेतृत्वको सरकारले १७ सदस्यीय बनाएको थियो । एमाले नेतृत्वको सरकारले त्यसलाई घटाएर १० सदस्यीय बनाएको थियो । पुनः पुरानै गठबन्धनको सरकार बन्ने भएपछि भावण्डा मिलाउन मन्त्रालय थप गर्ने प्रस्ताव गठबन्धन दलको बैठकमा करिब सहमति जुटेको दलका एक नेताले बताए ।

प्रदेश प्रमुख अमिक शेरचनले आज नै सबै मन्त्रीहरुको सपथ गराउनेे गरि दलहरुलाई आग्रह गरे पनि भागबण्डाको विषय नमिल्दा त्यो सम्भावना देखिँदैन । प्रदेश प्रमुख शेरचनले विहिबार मुख्यमन्त्री चौधरीलाई नियुक्तिपछि बढाई ज्ञापन गर्दै आफूले पटक-पटक सपथ ग्रहण गराउन नसक्ने र अनावश्यक खर्च बढ्ने हुँदा एकै पटक सबै मन्त्रीको सपथ गराउने गरि तयारी गर्न अनौपचारिक रुपमा सुझाब दिएका थिए ।

चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एकरएकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन रहेको छ ।

गत पुस २७ मा संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन भएको हो ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४-४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३-३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक-एकजना र स्वतन्त्र एक सांसद छन् ।

प्रकाशित मिति : शुक्रबार, बैशाख १५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij