चितवनमा बन्द भएको पूर्व-पश्चिम राजमार्ग खुल्यो

चितवनमा बन्द भएको पूर्व-पश्चिम राजमार्ग खुल्यो

काठमाण्डाै – पोल्ट्री व्यवसायी शंकर कँडेल मृत भेटिएको घटना तत्काल छानबिन गरी दोषीलाई पक्राउ गर्न माग गरी बन्द भएको चितवन सडक खुलेको छ ।

बन्दको प्रभाव पूर्व–पश्चिमको मुख्य राजमार्ग क्षेत्रमा नै परेपछि सयौँ यात्रु अलपत्र परेका थिए ।  तर अहिले बन्दकर्ताले  मुख्य राजमार्गमा भने गाडी चल्न दिएका छन् । बिहानदेखि केहीबेर अघिसम्म शंकर कँडेल न्यायिक सङ्घर्ष समितिको नाममा सडक बन्द हुँदा पूर्व र पश्चिम आउने र जाने गाडी र यात्रु बीच बाटोमै रोकिएका थिए ।

बन्दकर्ताले अहिले नारायणगढको पुल्चोक, मुग्लिन र खैरहनीलगायतका ठाउँमा बजार क्षेत्रमा मात्र शान्तिपूर्ण प्रदर्शन गरिरहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार यो क्षेत्रमा भने भित्रि सडक प्रयोग गरेर डाभर्सन गरिएको छ ।

चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलको गएको मङ्गलवार आफ्नै कार्यालयमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो ।

प्रकाशित मिति : शनिबार, बैशाख २३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij