बुटवल – नेपाल प्रेस यूनीयन रुपन्देहीको अध्यक्षमा पत्रकार कविन्द्र नेपाल निर्वाचित भएका छन् । यूनीयनको शुक्रबार सम्पन्न २१ औं साधारणसभा तथा ९ औं अधिवेशनले नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा दीपक घिमिरे, समावेशी उपाध्यक्षमा कल्पना तिवारी, सचिवमा कपिल ज्ञवाली र कोषाध्यक्षमा गोविन्द बस्नेतलाई चयन गरेको छ । यसैगरी सीता बराल, तिलक सुवेदी र कृष्ण भण्डारी सहसचिव, भुवन जिसी सह-कोषाध्यक्ष चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा कल्पना शर्मा ललित पान्डे, माधव पौडेल, तिर्सना पन्थी, सृष्टि अधिकारी भुसाल, हृदयराम गुप्ता, राहुल सापकोटा, कमला अर्याल, सुवास पौडेल, दिनेश पान्डे, ललिता घिमिरे, सिर्जना भट्टराई, मिठू खान, जयस महमद खान र ज्ञान कुमारी विक निर्विरोध निर्वाचित भएका छन् । नयाँ नेतृत्वलाई निवर्तमान अध्यक्ष रेखा भुसालले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिन् ।
शुक्रबार सम्पन्न अधिवेशनको उद्घाटन समारोमा विभिन्न शिर्षकका पुरस्कारले अग्रजहरुलाई सम्मान गरिएको थियो । जिपी कोइराला स्मृती पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार महासंघ रुपन्देहीमा अध्यक्ष तथा प्रेस यूनीयन रुपन्देहीका पूर्व सभापती रामराजा पोखरेललाई सम्मान गरिएको छ । यसैगरी वर्ष २०७९ लागि सोही शिर्षकको पुरस्कार पत्रकार भवानी प्रसाद पाण्डेले प्राप्त गरेका छन् । उक्त पुरस्कार २५ हजार राशीको रहेको छ । यसैगरी टोप शुशीला शिक्षा पत्रकारिता पुरस्कारबाट नगद २० हजार राशीसहित पत्रकार माधव नेपाल सम्मानित भएका छन् ।
प्रकाशित मिति : शनिबार, बैशाख ३० २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्