संसदीय समितिहरुको बैठक बस्यो, ज्येष्ठ सदस्यले गरे बैठकको अध्यक्षता

संसदीय समितिहरुको बैठक बस्यो, ज्येष्ठ सदस्यले गरे बैठकको अध्यक्षता

काठमाण्डाै – प्रतिनिधि सभा गठन भएको झण्डै ६ महिनापछि संसदीय समिति क्रियाशील भएका छन् ।

मिनी संसद् भनिने संसदीय समितिहरुको बैठक आजदेखि सुरु भएको छ। समितिहरुको बैठक सिंहदरबारमा रहेको आ–आफ्ना कार्यालयमा बसेको हो । सबै समितिहरुको बैठकको सभापतित्व समितिका ज्येष्ठ सदस्यहरुले गर्नुभयो।

सार्वजनिक लेखा समितिको सभापतित्व समितिका ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गर्नुभयो भने पूर्वाधार विकास समितिको सभापतित्व नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले गर्नुभयो।

यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतित्व राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शम्शेर जबराले, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा माओवादी केन्द्रका सांसद रणेन्द्र बराइली, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा जनता समाजवादी पार्टीका सांसद नवल किशोर साह सुडी, शिक्षा तथा स्वास्थ्य समिति सभापतिमा एमालेका सांसद कालुराम राई र राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी रहनुभएको छ।

त्यस्तै, कानुन, न्याय तथा मानव अधिकार समिति बैठकको सभापतित्व नेपाली कांग्रेसका सांसद शेरबहादुर देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतित्व राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्की र अर्थ समितिको सभापतित्व नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले गर्नुभएको छ।

दलहरुबीच समितिको भागबण्डा नमिलेका कारण यसअघि संसदीय समितिहरु निष्कृय थिए । त्यसबाट सदनको कामकारबाही प्रभावकारी हुन सकेको थिएन। सभामुख देवराज घिमिरेले आज १० वटै समितिको बैठक राख्न सुझाव दिएपछि प्रतिनिधि सभा मातहतका सबै विषयगत समितिको बैठक एकैसाथ सुरु भएको हो।

प्रकाशित मिति : मंगलबार, जेष्ठ २ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij