सुन जस्तो २ किलो धातु सहित एक जना पक्राउ

सुन जस्तो २ किलो धातु सहित एक जना पक्राउ

काठमाडौं – रुपन्देहीमा सुन जस्तो २ किलो धातु सहित एक जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल बीओपी बयरघाट रुपन्देहीले शनिबार मध्यराति लुम्बिनी सांस्कृतिक नगरपालिका (१३ कालिदहबाट कार र चालक सहित सुन जस्तो २ किलो धातु बरामद गरेको छ ।

नेपालबाट भारततर्फ जाँदै गरेको बा १२ च ३८२० नं। को मारुती सुजुकी कारलाई बिशेष सुचनाको आधारमा नियन्त्रणमा लिई जाँच गर्दा गियर बक्समा फल्स बटम बनाएर लुकाइ छिपाइ लैजादै गरेको अवस्थामा इँट्टा आकारको २ थान सुन जस्तो थातु फेला परेको हो ।

पक्राउ पर्नेमा दाङको घोराही नगरपालिका(१० का हुमानन्द गिरी रहेका सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका गिरी र गाडीलाई भैरहवा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति : आइतबार, असार १० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij