काठमाण्डाै – उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको सङ्ख्या कटौती गर्न उपयुक्त नहुने बताउनुभएको छ ।
सोमवार प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै रक्षामन्त्री खड्काले बहुप्रकृतिको जिम्मेवारीलाई हेर्दा सेनाको सङ्ख्या कायमै राखेर अघि बढ्न सान्दर्भिक हुने बताउनुभएको हो । उहाँले नेपाली सेना संविधानप्रति प्रतिबद्ध सङ्गठन भएको र उसले आफ्नो जिम्मेवारी त्यहीअनुसार निर्वाह गरिरहेको बताउनुभयाे ।
उहाँले भन्नुभयो, ‘नेपाली सेना सङ्गठन संविधानप्रति प्रतिबद्ध रहने संवैधानिक व्यवस्था र प्रावधान रहेको व्यहोरा माननीय सदस्यहरूलाई अवगत नै छ । त्यसैले सेनालाई दिइएकाे बहुप्रकृतिकाे जिम्मेवारीलाई हेर्दा उसकाे सङ्ख्या सान्दर्भिक हुन्छ भन्ने म निवेदन गर्न चाहन्छु ।’
मन्त्री खड्काले विश्वमा बढ्दो सुरक्षा चुनौतीलाई सामना गर्ने गरी नेपाली सेनाको सङ्गठनलाई सुदृढीकरण गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।
प्रकाशित मिति : सोमबार, असार ११ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्