नयाँ नेतृत्व चयन गर्दै सकियो अखिल नेपाल महिला संघ क्षेत्र नम्बर २ को प्रथम क्षेत्रीय सम्मेलन

नयाँ नेतृत्व चयन गर्दै सकियो अखिल नेपाल महिला संघ क्षेत्र नम्बर २ को प्रथम क्षेत्रीय सम्मेलन

अखिल नेपाल महिला संघ क्षेत्र नम्बर २ काे प्रथम क्षेत्रीय सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएकाे छ । शुक्रबार बुटवलमा भएकाे सम्मेलनमा वसन्ती भुसालकाे अध्यक्षतामा २९ सदस्यीय नयाँ नेतृत्व चयन भएकाे हाे । जसकाे उपाध्यक्षमा सुनिता केसी र मना ढकाल चयन भएका छन् भने सचिवमा कमला ज्ञवाली काेषाध्यक्षमा सरिता नेपाल चयन भएका हुन् । त्यसतै सहसचिवमा पुष्पा पाण्डे अाचार्य चयन भएकाे निर्वाचन कमिटीले जनाएकाे हाे । त्यसैगरी सदस्यहरूमा तिलु श्रेष्ठ , लिला गिरी , जानकी चापागाईं , गिता पाण्डे भुसाल , अाशा थापा , शान्ता गाैतम , मनु गाेदार , सीता भट्टराई , अम्बिका खनाल , काेपिला शाही , मिना क्षेत्री , रिना केसी , साबित्रा भण्डारी भट्टराई , माया अर्याल , वसन्ता पन्थ , मञ्जु पन्थी , लक्ष्मी कार्की , विष्णु रेग्मी , नेत्र कुमारी पराजुली , गिता पन्थ चयन भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय कमिटी सदस्य शिवराज सुवेदीले हामीले परिवर्तन छिटाे चाहाने , तर परिवर्तन विस्तारै हुने भएकाले धैर्यता गर्न अाग्रह गरे । उनले समाज परिवर्तनमा अनेम संघकाे ठूलाे भूमिका रहेकाे उल्लेख गर्दै कुनै पनि कुरामा महिलाहरू पछि हट्न नहुनेमा जाेड दिए । पार्टी संगठन विभाग प्रमुख चित्र बहादुर कार्कीले पछिल्लो समय महिला कुनै पनि कुरामा कमजाेर नरहेकाे उल्लेख गरे । क्षेत्रीय कमिटी संयाेजक गाेमा अाचार्यले महिलाले अाफ्नाे लागि अावाज उठाउन सक्ने भएकाेमा खुसी व्यक्त गरिन् । उनले गठबन्धनकाे बाहानामा महिलाकाे अधिकार खाेसिएकाेले यसका लागि सचेत हुन जरुरी रहेकाे बताइन् । केन्द्रीय सदस्य सावित्रा देवी अर्यालले साताै राष्ट्रिय सम्मेलनले दिएकाे अधिकार प्रयाेग गर्दै प्रथम क्षेत्रीय सम्मेलन गरेकाे बताइन् । उनले विभिन्न कुप्रथालाई हटाउने काम महिला अान्दोलनले गरेकाे बताउँदै महिलाहरू अझ शशक्त हुन अाग्रह गरिन् । कार्यक्रममा क्षेत्र नम्बर २ अन्तर्गत बुटवल उपमहानगर पालिका , तिलाेत्तमा र सैनामैनाबाट महिलाकाे उल्लेख्य उपस्थिति रहेकाे अनेम संघ केन्द्रीय सदस्य तथा रूपन्देही इन्चार्ज ज्ञानु खत्रीले जानकारी दिइन् ।

प्रकाशित मिति : शुक्रबार, असार २२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij