तिलाेत्तमा -रूपन्देहीको तिलाेत्तमा २ मा रहेकाे शंकरनगर दुर्गादत्त माविले एस ई ई परीक्षा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेकाे छ । साेमबार विद्यालय प्रांगढमा अायाेजित एक कार्यक्रममा साे विद्यालयबाट २०७९ काे एसईईमा उत्तीर्ण ६९ जना विद्यार्थीलाई सम्मान गरेकाे हाे । कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालयका संरक्षक वाड नम्बर २ का अध्यक्ष डिल बहादुर भट्टराईले विद्यालयलाई अगाडि बढाउन सबैकाे भूमिका उत्तिकै महत्त्वपूर्ण रहेकाे भन्दै विद्यालय , शिक्षक र अविभावककाे सम्बन्ध नङ र मासुकाे जस्ताे हुनुपर्ने उल्लेख गरे । वाड नम्बर १ का वाड अध्यक्ष फर्सुराम गिरीले यस विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएकाेमा खुसी व्यक्त गरे । कार्यपालिका सदस्य सावित्रा अाचार्य पन्थीले अागामी दिनमा विद्यालयकाे अझै प्रगतिकाे कामना गरिन् । त्यस्तै कार्यक्रममा शिक्षक अविभावक संघका अध्यक्ष पुष्करनाथ पन्थ , सहायक प्रधानाध्यापक प्रकाशलाल श्रेष्ठ ,३.६० अंक ल्याउने अनिशा सुनार , अविभावक पार्वती थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालयबाट एस ईईमा माेहन मरासिनी र सूचना नेपालले सबैभन्दा बढी ३.७५ जिपिए , अनिशा कुँवर , तनिशा सुनारले ३.६० जिपिए र अधिकांश विद्यार्थीले ए , बि प्लस , बि र सि ग्रेडमा उत्तीर्ण भएकाे विद्यालयका प्रधानाध्यापक चण्डी प्रसाद पाण्डेले जानकारी दिए । विद्यालयका प्रधानाध्यापक चण्डीप्रसाद पाण्डेले कार्यक्रममा स्वागत गर्दै विद्यार्थीकाे अागामी उज्जव भविष्यकाे कामना गरेका थिए । विद्यालयमा हाल व्यवस्थापन र शिक्षा संकायतर्फ पठनपाठन हुँदै अाइरहेकाे छ । कार्यक्रमकाे समापन गर्दै विद्यालय व्यवस्थापन समिति सदस्य उमानाथ कडेलले अार्थिक अवस्था कमजाेर भएका विद्यार्थीकाे लागि विद्यालयले कलेजहरूमा सिफारिस गरि सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रकाशित मिति : सोमबार, असार २५ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्