संगठित रूपमा मोटरसाइकल चोरीमा संलग्न १२ जनालाई पक्राउ गरी सार्वजनिक

संगठित रूपमा मोटरसाइकल चोरीमा संलग्न १२ जनालाई पक्राउ गरी सार्वजनिक

बुटवल- इलाका प्रहरी कार्यालय बुटवलले संगठित रूपमा मोटरसाइकल चोरीमा संलग्न १२ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका १९ वर्षीय तरुन राना, तिलोत्तमा नगरपालिका–६ का २५ वर्षीय हितेश राना, २४ वर्षीय दिपेश थापा, तिलोत्तमा–४ बस्ने १८ वर्षीय अमाकाश नेपाली, नवलपरासी रामग्राम नगरपालिका–१४ बस्ने ४३ वर्षीय सुनिलकुमार चौधरी, रामग्राम–१६ का २० वर्षीय करन थारु, गुल्मी घर भई हाल तिलोत्तमा ५ बस्ने २६ वर्षीय सरोज थापा, सोही ठेगानाका २६ वर्षीय दिपक रेगामी, बाग्लुङ बरेङ गाउँपालिका ५ घर भएका १९ वर्षीय आशिष सामत उनका दाइ २० वर्षीय दिपक सामत, बरेङ ५ कै २९ वर्षीय गाेरे भन्ने प्रमोद पुर्जा, र २२ वर्षीय मिलन खत्री गरेका छन् ।

 

पक्राउ परेका आरोपितहरूले आफूहरूबीच विभिन्न समूह बनाएर रूपन्देहीका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी बिक्री गर्ने गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी गराए । प्रत्यक्ष रूपमा मोटरसाइकल चोरी गर्ने तथा चोरीका मोटरसाइकल तथा तिनका पार्टपुर्जा बिक्रीवितरण संलग्नहरूलाई समेत पक्राउ गरिएको उनले बताए ।

पछिल्लो ३/४ महिनाको अवधिमा चोरीका घटना अत्यधिक बढेपछि प्रहरी अधिकृतको नेतृत्वमा विशेष अनुसन्धान टोली नै गठन गरी उनीहरूलाई पक्राउ गर्न सफल भएको थापाले बताए । यस क्षेत्रमा मोटरसाइकल चोरी गर्ने अझै केही गिरोह सक्रिय रहेको बताउँदै उनले ती गिरोहहरूलाई समेत पक्राउ गर्ने गरी प्रहरीले अनुसन्धान र सक्रियता बढाएको उल्लेख गरे ।

प्रहरीले सोमबार हराएर १४ वटा मोटरसाइकल फेला पारी सार्वजनिक गरेको छ । भेटिएका मध्ये ७ वटा मोटरसाइकलको सम्बन्धित धनी पत्ता लागेको र अन्यको समेत सवारी धनी पत्ता लगाएर जिम्मा लगाउने तयारी भएको उल्लेख गरे । यसबाहेक अन्य विभिन्न समयमा चोरीका मोटरसाइकल फेला पारी सवारी धनीलाई बुझाउने काम भइरहेको थापाले बताए ।

प्रकाशित मिति : सोमबार, असार २५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij