आज विश्व हेपाटाइटिसविरुद्धको दिवस

आज विश्व हेपाटाइटिसविरुद्धको दिवस

काठमाडौं : विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।

 

 

हरेक वर्ष जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस यो वर्ष ‘एक जीवन, एक कलेजो’ नारासहित विभिन्न अस्पताल तथा चिकित्सकले जनचेतनामूलक कार्यक्रम र अन्तक्र्रिया  आयोजना गरी मनाइँदै छ।

कलेजोसम्बन्धी अध्ययनका लागि नेपाली चिकित्सकको संघ (नासल)का अध्यक्ष एवं वरिष्ठ कलेजोरोग विशेषज्ञ डा सुधांशु केसी विशेषगरी भाइरल हेपाटाइटिस रोगबारे जनचेतना फैलाउन दिवस महत्त्वपूर्ण भएको बताए।

‘नेपालमा हुने भाइरल हेपाटाइटिसमा चार प्रमुख छन्। पहिलोमा ‘ए’ र ‘ई’, दोस्रो ‘बी’ र ‘सी’ हेपाटाइटिससम्बन्धी जनचेतना फैलाउन यो दिवसको विशेष महत्त्व छ’, उनले भने।

नेपालमा हेपाटाइटिसको समस्या 

सरकारसँग यकिन तथ्यांक नभए पनि तीन लाख जना हेपाटाइटिस रोगबाट पीडित हुनसक्ने चिकित्सकको अनुमान छ। देशभर तीन लाखमध्ये हेपाटाइटिस सीका बिरामी एक लाख छन्। चिकित्सकका अनुसार नेपालमा हेपाटाइटिस ए र इ बढी देखिन्छ। प्रत्येक वर्ष वर्षायाममा बढी देखिन्छ।

‘हेपाटाइटिस बीको एक प्रतिशतभन्दा कम छ । कुनै–कुनै ठाउँमा धेरै छ । जस्तै मनाङ, मुस्ताङ र डोल्पामा धेरै छ’, डा केसी भन्छन्, ‘हिमाली भू–भागमा मात्र होइन, तराईका केही समुदायमा पनि हेपाटाइटिस बीको सङ्क्रमण धेरै देखिन्छ।’

चिकित्सकहरू हेपाटाइटिससम्बन्धी सरकारले जनस्वास्थ्यको कामका रूपमा राख्न आवश्यक भएको बताउँछन्। ‘जसरी एचआइभीलाई महत्त्व दिइन्छ, यसलाई पनि प्राथमिकतामा राखेर यसको उपचार निःशुल्क गर्न पहल गर्नुपर्छ’, कलेजोरोग विशेषज्ञ डा. दिलीप शर्माले भने।

प्रकाशित मिति : शुक्रबार, साउन १२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij