गीर्वाङ संस्कृत तथा साधारण माविमा वत्तृत्वकला प्रतियोगिता

गीर्वाङ संस्कृत तथा साधारण माविमा वत्तृत्वकला प्रतियोगिता

शान्ति नमुना माविका सर्वदा विश्वकर्माले प्रथम

तिलोत्तमा-रूपन्देहीको तिलाेत्तमा ५ मणिग्राममा रहेकाे गीर्वाङ संस्कृत तथा साधारण माविमा बिहीबार वत्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । संयुक्त परिवर्तनशील युवा शक्तिकाे अायाेजनामा परिवर्तनका लागि युवाकाे भूमिका विषयक खुल्ला वत्तृत्वकला प्रतियोगिता भएकाे हाे । कार्यक्रममा बाेल्द‌ै तिलाेत्तमा नगरपालिका वाड नम्बर ५ का अध्यक्ष रमेश डुम्रेले क्लबकाे विकासका लागि  अाफ्नाे व्यक्तिगत , वाड र नगरकै तर्फबाट सक्दाे सहयाेग गर्ने प्रतिवद्धता जनाए । साथै सुरूवाती चरणबाटै क्लवले प्रशंसनीय काम गरेकाेप्रति खुसी व्यक्त गर्दै अागामी दिनमा अझै उत्कृष्ट र समय सान्दर्भिक कार्यक्रम गर्न अाग्रह गरे । प्रतियोगितामा  विभिन्न १३ विद्यालयका कक्षा छदेखि कक्षा बाह्रसम्मका विद्यार्थीहरूकाे सहभागिता रहेकाे थियाे ।

  1. कार्यक्रममा शान्ति नमुना माविका सर्वदा विश्वकर्माले प्रथम स्थान प्राप्त गरि रू ५००० ट्रफी र प्रमाणपत्र हात पारेकी छन् । त्यस्तै नवज्योति ईंग्लिश बाेर्डिङ स्कूलका जविक पाठकले दाेस्राे स्थान प्राप्त गरि रू ३००० ट्रफी र प्रमाणपत्र हात पारेका छन् । त्यसैगरी पाल्पाकाे जेभिडि स्कूलका विविका रणपालले तेस्राे प्राप्त गरि रू १५०० ट्रफी र प्रमाणपत्र प्राप्त गरेकी छन् भने , एभरेष्ट ईंग्लिश स्कुलका सुबाेध गाैतमले चाैथाे स्थान प्राप्त गर्दा  कालिका मानव ज्ञान माविका विपना खत्री पाँचौ स्थानमा चित्त बुझाएकी छन् । चाैथाे , पाँचाैँ स्थान प्राप्त गर्ने प्रतिष्पर्धीलाई प्रमाणपत्र र ट्रफी साथै सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको निश्चल भट्टराईले जानकारी दिए ।

हाल जापानमा रहेका प्रकाश भण्डारी क्षेत्रीले प्रथम पुरस्कार , हाल काेरियामा रहेका राजकुमार गाैतम क्षेत्रीले दाेस्राे पुरस्कार , कमला कार्की रानाले तेस्रो पुरस्कार साैजन्यस्वरूप सहयाेग गरेका थिए भने मुना क्षेत्री र गणेश बेलबासेकाे कार्यक्रममा सहयाेग रहेकाे थियाे ।

प्रतियाेगी विद्यार्थीले युवा शक्तिलाई विदेश जानबाट राेक्नका लागि विशेष अवसर दिनु पर्नेमा जाेड दिएका थिए । शान्ति नमुना माविका पूर्व सहायक प्रधानाध्यापक स्थानेश्वर बस्याल र गीर्वाण संस्कृत तथा साधारण माविका बासुदेव गाैतम निर्णायककाे भूमिकामा रहेका थिए ।
क्लवका उपाध्यक्ष युवराज काफ्लेको स्वागत रहेकाे कार्यक्रममा नवीन गाैतमकाे अध्यक्षता र सचिव निश्चल भट्टराईले कार्यक्रममा सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : बिहिबार, साउन १८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij