प्रधानमन्त्रीद्वारा सुन तस्करी काण्डमा उच्चस्तरीय समिति अस्वीकार

प्रधानमन्त्रीद्वारा सुन तस्करी काण्डमा उच्चस्तरीय समिति अस्वीकार

काठमाडौं । सरकारले सुन तस्करी काण्डको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न अस्वीकार गरेको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको शीर्ष तीन दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय छानबिन समिति गठन गर्न अस्वीकार गरेका हुन्।

बैठकमा उनले एक क्विन्टल सुन प्रकरणमा अनुसन्धानको जिम्मा सिआइबीलाई दिइएको र उक्त अनुसन्धान सकिएपछि आवश्यक परे छानबिन समिति गठन गर्ने बताएका थिए।

बैठकमा प्रधानमन्त्री प्रचण्डले सुनको विषयमा केन्द्रीय अनुसन्धान ब्यूरोले आफ्नो काम गरिरहेको र यसले जरोसम्म पुग्ने भएकाले त्यसपछि मात्रै कदम चालिने बताएको माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। तर, एमालेले यो विषयमा सहमत नभएको उनले बताए।

एमालेले भने गृहमन्त्रीको जवाफ सुन्ने तर, छानबिन समिति गठनबाट पछि नहटेको बताएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतकहरू उपस्थित थिए।

 

प्रकाशित मिति : मंगलबार, साउन २३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij