अर्घाखाँचीकाे चुनढुङ्गा बोक्ने टिपर र ट्र्रयाक्टरमा टाइम कार्ड लागू

अर्घाखाँचीकाे चुनढुङ्गा बोक्ने टिपर र ट्र्रयाक्टरमा टाइम कार्ड लागू

अर्घाखाँची – सन्धिखर्क–गोरुसिङ्गे सडक खण्डको नरपानीदेखि पत्थरकोटसम्म चुनढुङ्गा बोक्ने ट्र्रयाक्टर र टिपरमा टाइम कार्ड लागू भएको छ ।

चुनढुङ्गा बोकेका गाडी तीव्र गतिमा चल्दा दुर्घटनाकाे जाेखिम बढेपछि टाइमकार्ड लागू गरिएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।

टाइमकार्ड लागू भएपछि चुनढुङ्गा बोकेका लोड गाडीहरु नरपानीबाट चार घण्टामा पत्थरकोट पुग्नु पर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको  वार्षिक समीक्षा कार्यक्रममा गाडी तीव्र गतिमा गुड्ने हुँदा  असुरक्षा बढेकाे भन्दै दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड लागू गरिएको रिजालले बताउनु भयाे ।

आर्थिक वर्ष २०७९/८०मा जिल्लाभरि गाडी दुर्घटनामा परि १३ जनाको ज्यान गएकाे  रिजालले बताउनुभयो । यस्तै, ट्राफिक नियम उल्लङ्घन गर्ने ६ हजार २ सय १२ गाडीकाे कारबाहीबाट एक वर्षको अवधिमा ३७ लाख २१ हजार रुपैयाँ राजश्व सङ्कलन भएकाे छ ।

प्रकाशित मिति : शनिबार, साउन २७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij