विश्वमै पहिलो पटक अस्ट्रेलियाकी एक महिलाको मस्तिष्कमा जीवित किरा भेटिएको छ । अस्ट्रेलियाको क्यानबेरामा गरिएको एक शल्यक्रियामा एक महिलाको मस्तिष्कमा आठ सेन्टिमिटर लामो किरा भेटिएको डाक्टरहरूले बताएका छन् । यस्तो घटना विश्वमै पहिलो पटक भएको वैज्ञानिकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
महिलाको शल्यक्रिया गर्दा मस्तिष्कको अगाडिको भागमा क्षतिग्रस्त तन्तुबाट ‘तार जस्तो’ वस्तु निकालिएको थियो । यो रातो रङको किरा महिलाको मस्तिष्कमा झन्डै दुई महिनादेखि बसेको अनुमान छ । जनावरबाट मानिसमा रोग र सङ्क्रमण फैलाउने जोखिम बढिरहेको प्रमाणका रूपमा यो घटना आएको डाक्टरहरूले बताएका छन् ।
क्यानबेरा अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डाक्टर सञ्जय सेनयेकले महिलाको मस्तिष्कमा जीवित किरा भेटिएपछि अपरेशन थिएटरमा रहेका सबै जना स्तब्ध भएको बताउनुभएको छ । ‘यो पूर्णतया नयाँ प्रकारको सङ्क्रमण हो जुन आजभन्दा पहिले कुनै पनि मानिसमा भेटिएको थिएन’, उहाँले भन्नुभयो ।
अस्ट्रेलियामा पाइने कार्पेट पाइथन नामक सर्पमा यस्ता किराहरू पाइने डाक्टरहरू बताउँछन् । ताल छेउमा बस्ने महिलाले अजिङ्गरको मल र परजीवीको अण्डाबाट दूषित सागसब्जी खाएको हुन सक्ने डाक्टरहरूको अनुमान छ ।
प्रकाशित मिति : मंगलबार, भाद्र १२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्