जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा बिहीवार नै रहेको पञ्चाङ्ग निर्णायक समितिको जानकारी

जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा बिहीवार नै रहेको पञ्चाङ्ग निर्णायक समितिको जानकारी

काठमाण्डौ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीवार मनाउनुपर्ने जनाएको छ ।

यस वर्ष तिथिको घटबढका कारण दुई दिन पर्ने पर्व एकै दिन परेको समितिले जनाएको हो ।

भोलि बिहीवार सूर्य उदयकालमा पूर्णिमा रहेका कारण यसैदिन जनैपूर्णिमा र रक्षाबन्धन मनाउन समितिले आग्रह गरेको हो ।

विशेष गरी नेवार समुदायमा मनाइने गाईजात्रा पर्वका लागि केही पालिकाले आज जनैपूर्णिमा र भोलि बिहिवार गाईजात्रा अर्थात् सापारु पर्व मनाउने निर्णय गरेका छन् ।

तर यसपालि तिथि घटबढका कारण जनैपूर्णिमा र गाईजात्रा बिहीवार एकैदिन परेको समितिले विज्ञप्ति निकालेर जनाएको छ ।

प्रकाशित मिति : बुधबार, भाद्र १३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij