बुटवल-आधारभूततह स्तरीय हाजिरीजवाफ प्रतियोगितामा बुटवलकाे एभरेस्ट माविले उपाधि चुमेकाे छ । ज्ञानज्याेति पुस्तकालय बुटवलकाे अायाेजनामा शुक्रबार भएकाे हाजिरीजवाफ प्रतियोगितामा एभरेस्ट माविले उपाधि चुमेकाे हाे । प्रतियोगिता गार्गी बाेर्डिङ स्कुल दाेस्राे हुन सफल भएकाे छ भने दीप बाेर्डिङ स्कुलले तेस्राे स्थानमा चित्त बुझाएको छ । १६अाै राष्ट्रिय पुस्तकालय दिवसकाे अवसरमा अाधारभूत तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएकाे हाे । ज्ञानज्याेति पुस्तकालयले पुस्तकालयकाे गरिमालाई कायम राख्न हरेक वर्ष राष्ट्रिय पुस्तकालय दिवसकाे अवसर पारेर हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्दै अाइरहेकाे छ । कार्यक्रममा बाेल्दै बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख मित्रमणि खनालले पुस्तकालयकाे अाफ्नै महत्त्व रहेकाे बताए । उनले बाहिरी जिल्लाभन्दा रूपन्देहीमा पुस्तकालय कम रहेकाे भन्दै पुस्तकालयबाट जति ज्ञान पाइन्छ अन्यबाट नपाइने दावी गरे । साथै उनले अागामी दिनमा पुस्तकालयका लागि अावश्यक बजेटमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । पुस्ताैँ पुस्ताका लागि पुस्तकालय भन्ने उदेश्यका साथ हरेक वर्ष मनाइने राष्ट्रिय पुस्तकालय दिवस यस वर्ष पनि हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरी मनाइएकाे पुस्तकालयका अध्यक्ष टुकबहादुर क्षेत्रीले बताए । बढ्दो प्रविधिले संसार साँघुराे बनाएकाे अवस्थामा पुस्तकालयहरू पाठकबिहिन भएकाे बताउँद अब ई लाइब्रेरीकाे अावश्यकता बढेकाे दावी गरे । प्रतियोगितामा विभिन्न २४ विद्यालयका विद्यार्थीहरूकाे सहभागिता रहेकाेमा पहिलाे चरणमा लिखितरूपमा छ वटा विद्यालयलाई छनाैट गरिएकाे कार्यक्रम संयाेजक तारा प्रसाद सापकोटाले बताए । स्वर्गीय गणेश पाण्डेकाे स्मृतिमा गरिएकाे प्रतियोगिताकाे सञ्चालन प्रकाश सुवेदीले गरेका थिए ।
प्रकाशित मिति : शनिबार, भाद्र १६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्