प्रधानमन्त्रीबाटै जातीय द्धन्द्ध सिर्जना गर्ने प्रयास गरीयो–एमाले महासचिव पोखरेल

प्रधानमन्त्रीबाटै जातीय द्धन्द्ध सिर्जना गर्ने प्रयास गरीयो–एमाले महासचिव पोखरेल

बुटवल-नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशन आजदेखि बुटवलमा सुरु भएको छ । अधिवेशनको उदघाटन समारोहमा बोल्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा नयाँ ढंगले जातीय द्धन्द्ध सिर्जना गर्ने प्रयास भइरहेको बताएका छन । पोखरेले मुलुकको नेतृत्व गर्ने प्रधानमन्त्रीले नै जातीय द्धन्द्ध,राजनीतिक अस्थिरता र अराजकताको स्थिती सिर्जना गर्न खोजेको आरोप लगाएका हुन । ‘मुलुकको कार्यकारी नेतृत्वमा रहेका प्रधानमन्त्रीले नै फेरी हामीलाइ भोट दिनुस जातीय राज्य बनाउछौं भनेर मुलुकलाइ जातीय द्धन्द्धमा धकेल्ने अभिब्यक्तिहरु दिदै हिड्नु भएको छ’ पोखरेले भने । चौतर्फी घेराबन्दी र आक्रमणका बाबजुद पनि एमाले जनताको रोजाइको पहिलो पार्टी बन्न सफल भएको दावी गर्दै उनले मुलुकको स्वाधिनता,स्वाभिमान,राष्ट्रिय एकताकालागि एमाले एक ढिक्का भएरै अगाडी बढ्ने बताए ।
मुलुकमा जती धेरै पार्टी त्यती धेरै समस्या र राजनीतिक अस्थिरता निम्तीएको भन्दै उनले माओवादी जस्ता पार्टीहरु अव देशकालागि आवश्यक नरहेको टिप्पणी पनि गरे । माओवादी केन्द्रमा ठुलो पहिरो जाने समय आएको पनि बताए ।
समाजलाइ विकास र समृद्धिको बाटोमा लैजान राष्टलाइ बिलीयो बनाउन एमालेलााइ बहुमत प्राप्त शक्तिको रुपमा स्थापित गर्नु पर्ने र त्यसकालागि पार्टी भित्रको एकता र आपसी सदभावलाइ डगमागाउन नदिने पनि उनले बताए । आफु र बिष्णु पौडेलका बीचमा विभाजनको हल्ला चलाएर पार्टीलाइ कमजोर बनाउन खोजीएको भन्दै उनले लम्बिनीको अधिवेशनले त्यसलाइ मिथ्या सावित गरीदिने विश्वास व्यक्त गरे । एमालेलाइ बलियो बनाउने सवालमा आफु र उपाध्यक्ष बिष्णु पौडेल बिच बलियो एकता रहेको उनले बताए ।

 

प्रकाशित मिति : शनिबार, भाद्र १६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij