एमाले लुम्बिनी प्रदेशको नेतृत्वमा सर्वसम्मति हुन सकेन, अध्यक्षमा दुईजना उम्मेदवार

एमाले लुम्बिनी प्रदेशको नेतृत्वमा सर्वसम्मति हुन सकेन, अध्यक्षमा दुईजना उम्मेदवार

काठमाण्डाै – एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि सर्वसम्मतिको प्रयास असफल भएको छ । अध्यक्ष पदका लागि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गराएका छन् ।

पाल्पाका कँडेल उपाध्यक्ष विष्णु पौडेल समूहका र प्युठानका रिजाल महासचिव शंकर पोखरेल समूहका मानिन्छन् । कँडेल प्रदेश कमिटीको वर्तमान अध्यक्ष र रिजाल केन्द्रीय सदस्य छन् । यसैगरी उपाध्यक्षमा वर्तमान उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ र बाँकेका पुजन विश्वकर्माको उमेदवारी परेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिबाट नेतृत्व चयन गर्न निर्देशन दिए पनि चुनावी प्रक्रियाबाटै नेतृत्वको टुङ्गो हुने देखिएको छ । तर सहमतिको प्रयास भइरहेको नेताहरुले बताएका छन् । उम्मेदवार मनोनयनको समय आज बिहान १० बजेसम्मका लागि सारिएको छ ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा चलिरहेको एमालेको लुम्बिनी प्रदेश अधिवेशनका लागि १२ वटै जिल्ला र विभिन्न २३ वटा जनसङ्गठनहरुबाट छानिएका गरी १ हजार ४ प्रतिनिधिहरु सहभागी छन् ।

प्रकाशित मिति : सोमबार, भाद्र १८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij