लुम्बिनी प्रदेश सभा बैठकबाट निजामती विधेयक पारित गर्ने तयारी

लुम्बिनी प्रदेश सभा बैठकबाट निजामती विधेयक पारित गर्ने तयारी

दाङ – लुम्बिनी प्रदेशसभाको २५ औं बैठक आज शुक्रबार बस्दैछ।  दिउँसो १ बजे बस्ने बैठकबाट प्रदेश सभामा विचाराधीन रहेको निजामती सेवा विधेयक पारित गर्ने तयारी छ ।

प्रदेश सभाको कार्यसूची अनुसार बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक’ माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसपछि सभामुख तुलाराम घर्तीमगरले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले बताए ।

गत असार २२ दर्ता भएको निजामती विधेयकमा प्रदेशसभाले दफावार छलफल गर्न प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो । समितिले उपसमिति गठन गरेर विधेयकमाथि छलफल र सुझाव संकलन गरेको थियो। सुझावको आधारमा तयार पारिएको प्रतिवेदन बिहीबार बसेको बैठकमा पेश गरिएको थियो ।

प्रकाशित मिति : शुक्रबार, भाद्र २२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij