नेपाल क्रिकेट सङ्घको अध्यक्षमा चन्दसहित तीन पदमा निर्विराेध

नेपाल क्रिकेट सङ्घको अध्यक्षमा चन्दसहित तीन पदमा निर्विराेध

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् ।

चन्दको विरुद्धमा कुनै पनि उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी तेस्रो पटक अध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी विनयराज भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चन्द निर्विरोध भएका हुन् ।

यस्तै, उपाध्यक्षमा रोशन सिंह, कोषाध्यक्ष पदम खड्का र महिला सदस्य जयन्ती भट्ट पनि निर्विरोध निर्वाचित भएका छन् । सचिव पदमा पारस खड्का र प्रशान्त विक्रम मल्लले उम्मेदवारी दर्ता गरेका छन् । क्यानकाे नयाँ कार्यसमिति १७ सदस्यीय बन्नेछ । चुनाव आजै भइरहेको छ ।

प्रकाशित मिति : शनिबार, असोज ६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij