प्रथम रानीगंज सांस्कृतिक तथा ब्यापार महोत्सव बिहीबारका मुख्य आकर्षक कलाकारहरु

प्रथम रानीगंज सांस्कृतिक तथा ब्यापार महोत्सव बिहीबारका मुख्य आकर्षक कलाकारहरु

प्रिती आलेको प्रस्तुती: डान्स आइडल मा १३ औ स्थान हासिल गर्नको लागी १४ जना ले प्रतिष्पर्धा गर्दै

बुटवल – रानिगंजमा जारी प्रथम रानीगंज सांस्कृतिक तथा ब्यापार महोत्सव प्रमुख आकर्षकको रूपमा रहेको सांस्कृतिक कार्यक्रम दर्हकको रोजाइमा परेको आयोजकले बताएका छन् ।

“रानिगन्ज जाऔँ राष्ट्रिय कलाकारसँगै रमाऔँ” भन्ने नाराका साथ बुटवल उपमहानगरपालिका १७ मा जारी महोत्सबमा सास्कृतिक कार्यक्रम तर्फ आज बिहिबार लोक तथा दोहोरी गायिका प्रिती आले , लक्ष्मी बस्नेत ,दिपक दर्लामी ,एलिसा डान्स गु्रप,नेपाल टप डान्स ग्रुप, डान्स आएइडल एबम स्थानिय कलाकारहरुको प्रस्तुती रहने क्लवका सचिव अनिल सुनार ले बताए ।

महोत्सवका उद्घोषक बिकास भट्टराइले मेला अवधिभर राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरूको प्रस्तुति रहने जानकारी दिए । ‘हामीले राष्ट्रिय ख्यातिप्राप्त, लोकदोहारी, आधुनिक, पप, हाँस्यव्यङग्य कलाकारदेखि स्थानीय तहमा आफूलाई चिनाउन सफल कलाकारहरूको जमघट गराएका छौं’ भट्टराइले भने ।
नयाँ कलाकार उत्पादन गर्न प्रदर्शनी डान्स आइडल–२०८० को समेत आयोजना गरिएको छ । प्रदर्शनी डान्स आइडल मा १३ औ स्थान हासिल गर्नको लागी १४ जना ले प्रतिष्पर्धा गर्दै छन् । बिक्रम परियार ,बिश्वास थापा,स्विकृती कोइरला रहेका छन् । प्रतियोगिताको विजेताले १५ हजार उपविजेताले १० हजार र तृतिय स्थान प्राप्त गर्नेले रु ५ हजार प्राप्त गर्नेछन । त्यस्तै संस्कृतिको संरक्षण गर्न विभिन्न जनजातिका भेषभुषा र संस्कृति झल्किने प्रस्तुति रहने छ ।

शिव टाउन यूथ क्लब बुटवल १७ को आयोजनामा जारी मेला असोज २३ गतेसम्म चल्ने छ । ४० भन्दा बढी राष्ट्रिय÷स्थानीय कलाकारहरूलाई प्रदर्शनीमा जमघट गराउनुका साथै विभिन्न प्रतियोगिताहरूलाई समावेश गरि मनोरञ्जन प्रदान गराउने लक्ष्य राखेको बताइएको मेला व्यवस्थापक भीम खत्रीले जानकारी दिए ।अकला एम्युज्मेन्ट कम्पनी प्राविको व्यवस्थापन तथा थारु सांस्कृतिक संरक्षक समिति बुटवल १७ को विशेष सहयोग तथा बुटवल उपमहानगरपालिका वडा नम्बर १७ को संरक्षकत्वमा महोत्सव गरिएको हो ।

प्रदर्शनीमा , रेष्टुरेन्ट, कृषि, हस्तकला, छालाजुत्ता, खाद्यान्न, कपडा लगायतका स्टल रहेका छन् ।मेलामा दर्शकहरुको उल्लेखिए सहभागिता रहेको छ ।

¥

प्रकाशित मिति : बिहिबार, असोज १८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij