बुटवल –“रानिगन्ज जाऔँ राष्ट्रिय कलाकारसँगै रमाऔँ” भन्ने नाराका साथ बुटवल उपमहानगरपालिका १७ मा जारी प्रथम रानीगंज सांस्कृतिक तथा ब्यापार महोत्सवमा विभिन्न सास्कृतिक कार्यक्रम जारी छ ।
सास्कृतिक कार्यक्रम तर्फ आज शनिबार युवापुस्तामा लोकप्रिय र्यापर तथा टिकटक स्टार पारस बिक्रम मल्ल कुल बोए ,एलिसा डान्स ग्रुप,नेपाल टप डान्स ग्रुप, डान्स आएइडल एबम स्थानिय कलाकारहरुको प्रस्तुती रहने उद्घोषक बिकास भट्टराइले बताए ।
बुटवल १७ रानिगंजमा खेल मैदानमा जारी मेला असोज २८ सम्म सञ्चालन हुने महोत्सव ३० हजार भन्दा बढिले अवलोकन र ५० लाखको कारोबार को अपेक्षा गरिएको मेला व्यवस्थापक भीम खत्रीले जानकारी दिए ।अकला एम्युज्मेन्ट कम्पनी प्राविको व्यवस्थापन तथा थारु सांस्कृतिक संरक्षक समिति बुटवल १७ को विशेष सहयोग तथा बुटवल उपमहानगरपालिका वडा नम्बर १७ को संरक्षकत्वमा महोत्सव गरिएको हो ।
प्रदर्शनीमा , रेष्टुरेन्ट, कृषि, हस्तकला, छालाजुत्ता, खाद्यान्न, कपडा लगायतका स्टल रहेको क्लवका सचिव अनिल सुनारले बताए ।मेलामा दर्शकहरुको उल्लेखिए सहभागिता रहेको छ ।
प्रकाशित मिति : शनिबार, असोज २७ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्