काठमाण्डाै – नेपाली कांग्रेसले भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीको तर्फबाट सरकारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
पार्टीको तर्फबाट विपद्को यो बेला सरकार, राजनीतिक दल, सङ्घसंस्था सबै एक भएर विपद्को सामना गर्न सबैमा अपिल गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
साथै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल समेत गरेको उहाँले बताउनु भयाे ।
शुक्रवार राति ११ बजेर ४७ मिनेटमा गएको ६ दशमलव ४ रेक्टरस्केलकाे भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो सङ्ख्यामा मानवीय तथा भौतिक क्षति भएकाे छ ।
प्रकाशित मिति : शनिबार, कार्तिक १८ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्